Last modified on 6 अगस्त 2016, at 01:44

तिमी सुन्दर छौ तिमीलाई / किरण खरेल


तिमी सुन्दर छौ तिमीलाई अझ सुन्दर पार्न मन लाग्यो
त्यो इन्द्रेणी सिउँदोमा सिन्दूर छर्न मन लाग्यो


शरदको जून राम्रो हुन्छ वर्षामा रुझेको झन राम्रो
रेशमी बादलबीच लजाई आधा लुकेको अझ राम्रो
तिम्रो घुम्टो आधा उघारी चियाई हेर्न मन लाग्यो
त्यो इन्द्रेणी सिउँदोमा सिन्दूर छर्न मन लाग्यो


मायाको फूल कस्तो हुन्छ मायाको बगैँचा कस्तो हुन्छ
तिम्रो हाँसो जस्तो हुन्छ अथवा ओठ जस्तो हुन्छ
माया फुल्ने ओठहरूमा सुवास भर्न मन लाग्यो
त्यो इन्द्रेणी सिउँदोमा सिन्दूर छर्न मन लाग्यो