Last modified on 16 फ़रवरी 2022, at 16:29

तिमी हुनुको (अंश - २६) / इन्दिरा प्रसाई

विशाल ताल देखेर
भतभती पोलेको
देह बिसाउन
त्यसै बेला हाम फालेँ मैले
पानीको तर लागेजस्तो
तर त्यो आगाको मुस्लो रहेछ ।

उड्दै छु
सल्कँदै छु
तर पनि अझै
साँच्दै छु आफूलाई ।

तिम्रा काला आँखामा देखिएका
राता डोराको दोष थियो
अथवा गुलाफी ओठमा
थरथराएको सङ्गीतको अर्थ ?