भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


हुनु र नहुनुको बीच, तिमी
पाउनु र नपाउनु बीच पनि तिमी
पाएर वा गुमाएर पुग्ने ठाँऊ, तिमी
जीवनको मोह,
कहिल्यै नगरेको विद्रोह, तिमी
प्रिय अति प्रिय आगमन,
सुन्छु आफ्नै धडकन
त्यहाँ तिमी ।