भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रो चाहना… / वसन्त चौधरी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म कथा बनाउन चाहन्छु
तिमी व्यथा सुनाउन चाहन्छौ ।

म सूर्य छाप्न चाहन्छु
तिमी बादल ढाक्न चाहन्छौ ।

यो कस्तो तिम्रो चाहना
यो कस्तो तिम्रो भावना ।

म माया बल्न चाहन्छु
तिमी प्रीति छल्न चाहन्छौ ।