भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रो नाउँ / विमल निभा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:36, 7 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल निभा |अनुवादक= |संग्रह= }} {{KKCatKav...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

कोपिलाको सासमा
सुगन्धले तिम्रो नाउँ लेखिएको छ
चराको निद्रामा
सपनाहरूले तिम्रो नाउँ लेखिएको छ
बिहानीको थालनीमा
शीतका थोपाहरूले तिम्रो नाउँ लेखिएको छ
हावाको बोलीमा
गीतका पङ्क्तिहरूले तिम्रो नाउँ लेखिएको छ
पहाडको उचाइमा
हिउँको चमकले तिम्रो नाउँ लेखिएको छ
आकाशको छातीमा
नौलाख ताराहरूले तिम्रो नाउँ लेखिएको छ
नदीको यात्रामा
उत्साहित छालहरूले तिम्रो नाउँ लेखिएको छ
धरतीको बारीमा
सुन्दर–सुन्दर फूलहरूले तिम्रो नाउँ लेखिएको छ
जताततै तिम्रो नाउँ लेखिएको छ
घाँसको शिरमा, काँचो माटोको रङ्गमा,
 झर्नाको हलचलमा, मौसमको परिवर्तनमा,
आगोको सङ्केतमा, जङ्गलको अन्तिम छेउमा,
 दगुरिरहेका बादलहरूको तीव्र इच्छामा
र बस्तीका परिश्रमी मानिसहरूको घनघोर थकानमा
तिम्रो, मात्र तिम्रो, तिम्रो नाउँ लेखिएको छ
सूर्यको भकुन्डोलाई
आफ्नो सानो–सानो पैतालाले हिर्काएर खेलिरहेको
नेपालको छोरो
तिम्रो नाउँ के हो हँ?