Last modified on 31 मई 2017, at 14:35

तिम्रो पछयौरी ओढाउनु मेरो लाशमा / प्रमोद स्नेही

तिम्रो पछ्यौरी ओढाउनु मेरो लाशमा
मृत्युपश्चात् भेट्ने मीठो आशमा

चट्याङ पर्यो् मेरै छातीमाथि
पिरतीको फूल झर्यो् दैव मधुमासमा

आँखामा सपनाको लाम लस्कर छ
आगो बोकेर बग्छ नदी प्यासमा

बिदाईको यो बखतमा नरोउ बिन्ती
बाँचेको छु तिम्ले फेर्ने सासमा

तिम्रो पछ्यौरी ओढाउनु मेरो लाशमा
मृत्युपश्चात् भेट्ने मीठो आशमा