Last modified on 23 जुलाई 2017, at 16:41

तिम्रो सामीप्य / भीमदर्शन रोका



जति जति म तिम्रो वर वर पु्ग्छ
लाग्छ उत्ति नै झन् पर पर हुन्छु
यो कस्तो सफर ?
मृत्यूभन्दा पनि पर
निकटताभन्दा कोसौँ दूर
जहाँ जीवन शुरु हुन्छ
म जन्मिरहन्छु जन्मिरहन्छु
मभित्रको बच्चामा ।