Last modified on 27 नवम्बर 2016, at 08:58

तिर्खाएको काकाकुल सरी / रमेश क्षितिज

तिर्खाएको काकाकुलसरी भएँ
कुनै नमीठो भूलसरी भएँ
अनायासै उठी तिमी हिँडेपछि
म उखेलिएको फूलसरी भएँ

रहरहरू टाढिएर भागे
यी घर, आँगन बिराना लागे
सुकिसकेको मूलसरी भएँ
म भत्किएको पुलसरी भएँ

उदासी आई यहीँ बास माग्यो
मनमा ननिभ्ने डँढेलो लाग्यो
पासोमा परेवाको हुलसरी भएँ
म भीरको वनफूलसरी भएँ