Last modified on 20 अगस्त 2020, at 14:53

ती दुई / एलेन गिन्सबर्ग / सुमन पोखरेल

त्यस रूखले भन्यो-
यहाँ मुन्तिर मेरो छायामा बसेको सेतो कार
मलाई पटक्कै मनपर्दैन,
ग्यासोलिन गनाउँछ त्यो।
 
जवाफ फर्कायो पर्तिरपट्टीको रुखले -
तँ त खोटै मात्र देखाउँछस्‌ जहिलेसुकै
जेसुकैको पनि।
मानसिक रोगी भइसकिस्‌ तँ त
एकपल्ट आफूलाई हेर् त!
कति धेरै निहुरिएको छस्‌?