Last modified on 23 सितम्बर 2016, at 22:32

ती पुराना दिनहरु / रमेश क्षितिज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:32, 23 सितम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= रमेश क्षितिज |अनुवादक= |संग्रह= आ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

गोरेटोमा भेट्छु सँधै यादहरूको जन्ती
कोही गर्थी गुराँस टिपी सिउँरिदिने बिन्ती !

वैंसका ती दिन थिए हरेक क्षण प्यारो
मीठो लाग्थ्यो सँगै रुनु एक्लै हाँस्नु गाह्रो
मलाई कहीँ चोट लागे उसले दुख्यो भन्थी
आँखाहरू कुरा गर्थे ढुकढुकीमा सुन्थी !

सिउँरीदिन्थे रातो गुराँस अल्झिरन्थे औँला
डाँडाकाँडा पुरानै ती लाग्थे नौलानौला
बिर्सी गए पाप लाग्ला नभुल्नू है भन्थी
छायाजस्तै पछ्याउँछन् रूप अनगिन्ती !