Last modified on 1 नवम्बर 2020, at 15:27

त्यो नील गगन कस्तो होला ? / गोपाल सिँह नेपाली


म सम्झंछु, तिमीले सम्झे, झन् मेरो मन कस्तो होला ?
तिम्रो मनमा बस्न पाए, हाम्रो जीवन कस्तो होला ?

[१]
म एक्लै छु तिमी एक्लै छ्यौ
म बेग्लै छु, तिमी बेग्लै छ्यौ
तिम्रो मेरो मन मिल्यो भने, मनको बन्धन कस्तो होला ?
म सम्झन्छु तिमीले सम्झे. झन् मेरो मन कस्तो होला ?

[२]
म पश्चिमको कालो बादल
तिमी बादलको बिजुली चञ्चल
तिमीसंगसंगै म पनि उडे भने, हाम्रो सावन कस्तो होला ?
म सम्झन्छु तिमीले सम्झे, झन् मेरो मन कस्तो होला ?

[३]
तिमी चम्कन्छ्यौ जूनकीरी सरी
म नन्दनको एक चरी
राती राती तिमी चम्किदिदा, मेरो आँगन कस्तो होला ?
म सम्झन्छु तिमीले सम्झे, झन् मेरो मन कस्तो होला ?
आँखामा टुलुटुलु हेर्दै छु ।
मन मनमा यो पनि भन्दै छु ।
आँखाको नानीवरिपरि, त्यो नील गगन कस्तो होला ?
म सम्झन्छु तिमीले सम्झे, झन मेरो मन कस्तो होला ।