भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दिदृच्छा / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कुनै दिन त भेट होला भन्दाभन्दै उमेर बित्यो
सयौँ हार कुल्चे पनि समयले मलाई जित्यो

मीठामीठा स्वप्न थिए रहर थिए साझा
एक्लो वरझैँ पर्खिरैछु चौतारीमा आज
सुनाउन बाँकी कथा हृदयमा साँचीसाँची
वर्षौवर्ष बिते यसै तिर्सनामा जीवन बाचीँ

एकैछिन सँगै बसी पोखुँला म वह
छिनभरिलाई सुकाउँला यी आँखाको दह
बेइमानी थिइनँ म हुँदै होइन निठुरी म
कहाँ भेट होला फेरि सम्झाऊँ यो कसोरी म