Last modified on 3 नवम्बर 2020, at 14:48

दृष्टिभ्रम / भीमनिधि तिवारी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:48, 3 नवम्बर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= भीमनिधि तिवारी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

'यो बालुवाको ढिस्को हो, यसको के भर छ ?
यो माटोको थुम्को हो, यसले के गर्छ ?'
अगाडि पर्दा कालो छ या त नैनमा जालो छ
स्पष्टसित देख्न सकेनौं, शक्तिको तौल गर्न सकेनौं
भूगर्भबेेत्तासित गई सोध, यथार्थ व्याख्या देलान्
'ज्वालामुखी पहाड हो, भित्र पेटमा आगो छ ।'


मेरै लागि दुनियाँ मर्छन ईंटा चाँदी भन्छ
मेरो इज्जत झन् ठूलो सुनको साँप्ला भन्छ
यो जाबो के हो र ! यल्लाई कल्ले गन्छ ?
वैज्ञानिकसित सोधिहेर, यो यूरेनियम धातु हो
'यसको कणको छातीमा घोर विकराल विस्फोट छ ।'


कवि देख्ने कवि देख्छन्, गायक देख्ने गायक
बुद्धू देख्ने बुद्धू भन्छन्, लायक देख्ने लायक
भिन्न-भिन्न चेहरा झैं भिन्न-भिन्न आँखा छ
एउटै गीत गाउने पनि भिन्न-भिन्न भाखा छ
सप्त सिन्धुको पानी पोख तैपनि निभ्न नसक्ने
एक करोड नेपालीको यो नै एउठा राँको छ ।