Last modified on 4 अगस्त 2016, at 09:40

देशले रगत मागे / गोपाल योञ्जन

देशले रगत मागे मलाई बली चढाऊ
रुँदिनन् मेरी आमा, ऊ नेपालीकी छोरी

बुढेसकालका लाठी देशयज्ञभित्र होमी
मेरी बुढीआमा गोठमै हाँसीखुसी देखिन्छिन्
ती काँगडाका सन्तान अझै मरेका छैनन्
तर चियाबारी र बाँसघारी कुरिरहेका हुन्छन्
पाउँदिन केही पनि रगत-स्तनको साटो
आउँदैन माग्न उसलाई हो नेपालीकी छोरी

यमराजको शीर छिनाउने सारा पृथिवीका सन्तान
बघिनीको दूध हैन तर नेपालीको स्तन
सक्दिनँ म त बाँच्न निर्धा भएर एकछिन
बरू शहिद भएर वीरकै मृत्यु म मर्छु
हामी वीर भएर मर्छौँ गोली त ऊ सहन्छे
माग्दिनन् सुनका अक्षर ऊ नेपालीकी छोरी