Last modified on 1 दिसम्बर 2017, at 09:19

देश हाँक्ने चैँ कैले / राजेन्द्र थापा


गफ त खुबै हाँक्दै हुनुहुन्छ
देश हाँक्ने चैँ कैले नि
आमूल परिवर्तन भन्नुहुन्छ
सिन्का भाँच्ने चैँ कैले नि
हाम्रा भित्ता र ढोकामा
तपाईँहरूको तस्बिर खुब टाँसियो
तपाईंहरूका घरमा
जनताका तस्बिर टाँस्ने चैँ कैले नि