Last modified on 16 अगस्त 2017, at 15:47

धरती र म / विप्लव प्रतीक

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:47, 16 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विप्लव प्रतीक |अनुवादक= |संग्रह= न...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


यही धरती हुँ म
जसरी यस धरतीलाई मान्छेको कुनै स्वार्थले
टुक्र्याएर अन्तरिक्षमा फ्यालिदिन सक्तैन,
त्यसैगरी मलाई पनि
तिम्रा कुनै पनि दबाब, घृणा र तिरस्कारजस्ता हतियारले
पछार्न सक्तैन ।

म आदिम युगदेखि नै आगोको रूपमा छु
म आदिम युगदेखि नै पानीको रूपमा छु,
म पञ्चतत्व हुँ, म प्रकृति हुँ, म शाश्वत सत्य हुँ ।
मलाई कुनै लोभले उत्तेजित गराउन्न
मलाई कुनै तिरस्कारले विक्षिप्त पार्दैन
म गति हुँ, अगाडि बढिरहन्छु
म ऊर्जा हुँ, शक्ति बनिरहन्छु
मेरो आकार छैन, म हरेक छिद्रमा अटाउँछु
म पृथ्वीभित्रै अटाउँछु
मेरो अनुहार छैन, म हरछेउ हरपुछारका
हर अनुहारमा प्रस्फुरित छु ।

सबले मलाई त्यही धरती माने हुन्छ
जसरी त्यस धरतीलाई मान्छेको कुनै स्वार्थले
टुक्र्याएर अन्तरिक्षमा फ्यालिदिन सक्दैन
त्यसैगरी मलाई पनि
तिम्रा कुनै दबाब, घृणा र तिरस्कारजस्ता हतियारले
पछार्न सक्तैन ।