Last modified on 9 फ़रवरी 2021, at 08:18

धेरै भइसके कि जीवनमा पीडा / ईश्वरवल्लभ

धेरै भइसके कि जीवनमा पीडा
आज फेरि केको खुसी याद आयो
काँडानै काडाँ थिए जिन्दगीमा
बाबरी र जाईजुही याद आयो

भोगिसकेका बेला हजारौँ
बिर्सिसकेका सबै याद आयो
मैले हिँडेको बाटो अतीतको
देखेर मेरै रगत याद आयो

पुगी कतै म अल्झिरहेको
जीवनको एउटै कथा याद आयो
मनमा सम्भालिराखेको मेरो
खुसी याद आयो, व्यथा याद आयो