Last modified on 12 नवम्बर 2018, at 14:39

धेरै भयो चिठ्ठी आएन / वसन्त चौधरी

धेरै भयो चिठ्ठी आएन
तिम्रो खबर पत्तो भएन
कता लुक्यौ हरायौ कहाँ
छट्पटी मलाई यहाँ
(हरायौ कहाँ) २

(हिँउदमा आँउछु भन्थ्यौ
बर्खा पनि लागी सकेछ
बढ्दा बढ्दा रहर अब
@साहित्य सङ्ग्रहालय
अकाशिन थाली सकेछ) २
अब यो मन ले सहेन
थामिएन आँसु यहाँ
(हरायौ कहाँ) २

(मेरो जस्तै तिम्रो पनि
मन भए कती हुन्थ्यो नि
सम्झनाले सताएर
यती एक्लो कहाँ पारथ्यौ नि) २
पर्‍यो साँझ दीप जलेन
मनै मेरो भएन यहाँ
(हरायोउ कहाँ) २