Last modified on 22 जून 2017, at 10:10

नखुलेको आकाश खुलेर आयो / रवि प्राञ्जल

नखुलेको आकाश खुलेर आयो
नखुलेको आकाश खुलेर आयो
उ सायद यो बाटो भुलेर आयो
नखुलेको आकाश खुलेर आयो

झर्यो त के भो त्यो जुई र जाइ
झर्यो त के भो त्यो जुई र जाइ

त्यो पलास मनमा फुलेर आयो
नखुलेको आकाश खुलेर आयो

न तर्न सक्नु न त डुब्न सक्नु
न तर्न सक्नु न त डुब्न सक्नु
यो भेल कस्तो उर्लेर आयो
नखुलेको आकाश खुलेर आयो

पिडा भुलाउन उठाय प्याला
प्याला ......प्याला ....
पिडा भुलाउन उठाय प्याला
यो प्यालामा आशु घुलेर आयो
नखुलेको आकाश खुलेर आयो
उ सायद यो बाटो भुलेर आयो
नखुलेको आकाश खुलेर आयो