भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नदी किनारमा / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

उर्ली आयो साउने भेल बेग मारीमारी
एक्ली छोडे पाप लाग्ला तारिदिऊँ कि पारि ?

पानी झ¥यो केशबाट चिउँडोमा रेखी
कसोरी म ढुड्डा बनूँ यस्तो देखीदेखी
किनारैमा टोलाउनेको छैन बोलीवचन
बाधा प¥यो जालको माछोसरी भयो यो मन !

जोवन फूल्यो ढकमक्क फूलजस्तै चोखी
तन्नेरीले नाडी समाऊँ बात लाग्ने हो कि
कुर्दाकुर्दै साँझ पर्ला थामिँदैन झरी
छोडीजानु धर्म हुन्न तारूँ कसोगरि ?