भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नयाँवर्ष / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:28, 2 जुलाई 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=स...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

तिमी पुल हौ
म थाकेको सडक
तिम्रो र मेरो सन्धिस्थलमा
समयको ट्राफिकजाम छ यसबेला ।
 
जब खुल्नेछ बाटो
टेक्नुपर्नेछ तिम्रो छाती
दुखाएर तिमीलाई म फेरि,
कसरी हिम्मत गरुँला पारि जान !
 
बरु बग्न चाहन्छु म
तिमीले जोडेको धर्तीमा
बगिसकेको पानी ठानेर
नफेर्नू त्यो जीवनदायी दृष्टि
अन्यत्र !
 
म उही शीतलपनमा
निरन्तर फर्किरहन चाहन्छु
तिम्रै स्नेहसिक्त छातीको अतल गहिराइमा
यो वर्ष पनि उसैगरी।