Last modified on 10 मई 2015, at 18:52

नसोध मलाई कि म तिमीलाई कति माया गर्छु / सरुभक्त

नसोध मलाई कि म तिमीलाई कति माया गर्छु
हृदयको फाँट-गरामा अमूल्य कति सपना छर्छु
जान्नेहरू भन्छन्, प्रेम एक सुन्दर प्रेरणा हो
प्रत्येक क्षण म जीवनका कति जँघार-सागर तर्छु।