भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नाङ्गो शहर / विप्लव प्रतीक

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:56, 16 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विप्लव प्रतीक |अनुवादक= |संग्रह= न...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


आज म यस शहरमा
नाङ्गै उपस्थित भएको छु
तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन
पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई ।
कचल्टिएको भातजस्तै
आधाकाँचामानिसहरूको बस्तीमा
मेरो नाङ्गोपन कुनै रमिता बनेन ।

यिनीहरू अचेल कागजको पूmलमा बास्ना हाल्छन्
यिनीहरू अचेल रोबोटको शरीरमा धुकधुकी भेट्छन्
मानिसमानिसबीच संवेदनशीलता र सहृदयता
मानिसमानिसबीच सद्भावना र म्वाई अब चाहिएन
अब चाहिएन प्रेम, आत्मीयता र मृदु कुराहरू पनि
र विकृत भइसके मानवीय मूल्यहरू...
यस्तो अवस्थामा, यसशहरमा, यहाँका मानिसहरूबीच
नाङ्गो हुनुबाहेक अर्को बाटो पनि त छैन ।

यस शहरमा आज म नाङ्गै उपस्थित भएको छु
र भोलि शहर, गाउँ र बस्तीका
तमाम नागरिक नाङ्गै देखिइनेछन्
निर्वस्त्र हुनेछन् शरम नभएको शहरमा ।