Last modified on 10 जुलाई 2017, at 08:36

नेपालले के गर्यो मलाई / विश्ववल्लभ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:36, 10 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विश्ववल्लभ |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


नेपालले के गर्यो मलाई भन्न छोडिदेऊ
नेपाललाई के गरें मैले सोच्न थालिदेऊ

सृष्टिको विहान सृजना गर्ने शिव त्यो तिम्रै हो
विश्वमा शान्ति फैलाइदिने बुद्ध त्यो तिम्रै हो

विश्वको शिखर उठाइदिने सगर त्यो तिम्रै हो
हिरा र मोती फलाइदिने धरती त्यो तिम्रै हो

मेची र काली गण्डकी कोसी सबै त्यो तिम्रै हो
विश्वमा राम्रो नेपाल हाम्रो स्वर्ग त्यो तिम्रै हो

चन्द्र र सूर्य हाँसेर बस्ने यो झन्डा तिम्रै हो
गुराँसमाथि डाँफेले नाच्ने यो देश तिम्रै हो