Last modified on 1 जून 2017, at 17:25

नेपाली झन्डा फरर / निमेष निखिल

नेपाली झन्डा फरर हिमालचुली शिरैमा
पसिना नदी बग्दछन् मेची र काली तिरैमा
 
शान्तिको गीत गाउँदै बुद्धले हेर हाँसेको
भृकुटी, सीता चेलीले माइत आई नाचेको
 
हिमाल, पहाड, तराई पुर्खाको गाथा धपक्क
अनेकतामा एकता प्रेमका बाला झपक्क
 
घाटु र ख्याली, सोरठी देउडासँग रमाउँछौँ
नेपाल आमा तिमीलाई आँखाकी नानी बनाउँछौँ।