भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नेपाली नेपालको माया छ कि छैन / गोपाल योञ्जन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:45, 4 अगस्त 2016 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

नेपाली नेपालको माया छ कि छैन
धेरै खेल्यौ नेपालको तिमी छाती माझ
तिम्रो छातीमाथि पनि नेपाल छ कि छैन

हाम्रा पुर्खा सतलजदेखि टिस्टासम्म हाँक्ने
हामी किन बाँच्नलाई अरूको मुख ताक्ने
पानी बिनै बाँच्न सक्ने हाम्रा बैनी आमा
आज छोरी लाज नबेच एक घुँट मदिरामा

नेपाली नेपालको माया छ कि छैन
त्यही पुर्खाको दुईचार थोपा रगत छ कि छैन
काँधमा हिमाल बोकी उठ्ने ताकत छ कि छैन
सारा नेपाल नेपालीलाई छाया दिन सक्ने
पृथ्वीको जत्रो तिम्रो छाती छ कि छैन
देशको निम्ति मात्रै लड्ने खुँडा र खुकुरी
खिया पर्यो उचाल्न सक्ने हात छ कि छैन
नेपाली नेपालको माया छ कि छैन

शुक्र, धर्म, दशरथ चन्द, गङ्गालालको जस्तो
हाँस्दै बली चढ्न सक्ने शिर छ कि छैन
नेपाली नेपालको माया छ कि छैन