भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पराई आफन्त / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कति धेरै टाढा छौ आँखासामु भए पनि
आँसु पुछ्ने हक छैन जत्ति तिमी रोए पनि

आफ्नो भनूँ गल्ती हुन्छ पराइ भनूँ पाप होला
छोइदिऊँ त हत्केलाले पछ्यौरीमा दाग होला
भित्रभित्रै सल्किँदो छु देख्दा हिउँ भए पनि
आँसु पुछ्ने हक छैन जत्ति तिमी रोए पनि

किन हुन्छन् भेटहरू बिछोडिन फेरिफेरि
चुपचाप छौ तिमीभने सोध्छन् आँखा मलाई हेरी
भित्रभित्रै तुफान चल्छ हेर्दा शान्त भए पनि
आँसु पुछ्ने हक छैन जत्ति तिमी रोए पनि !