Last modified on 25 जुलाई 2017, at 10:00

पश्चाताप / रमेश क्षितिज


बिहानी छोडेर रोज्यौ रात अँध्यारा
सागरमाझ खोज्यौ टाढाको किनारा
छोड्यौ जो भुलेर मायालु हातलाई
थिएन तिम्रो कोही डुब्दाको सहारा

साँघुरो भयो कि अङ्गालो अटिनौ
के भन्नु कहिल्यै भावना बुझिनौ
म भन्छु भन्थे दुखेको कथा यो
बेफुर्सद तिमीले कहिल्यै बुझिनौ

कहाली कस्तो बसेछ आँखामा
म आगो देख्छु हरियो पाखामा
जलाउँछ मलाई पूर्णेको जुनेली
बल्झिन्छ पीडा गीतको भाकामा !