भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पसिनाको जलैले / नीर शाह

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पसिनाको जलैले, मेहनतको मलैले
हामी आफ्नो भाग्य लेख्छौं,
आफ्नो पाखुराको बलैले

हिमाली रगत नेपाली मुटु
बाँच्नु पर्दैन कहिले जालै र छलैले

दैवको वरदान दरिला हातहरु
रित्तो हुँदैनौं कहिले परिश्रमको फलैले

शब्द - नीर शाह
स्वर - उदित नारायण झा
संगीत - रनजीत गजमेर
चलचित्र - वासुदेव