भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पहाडको उकालीलाई / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पहाडको उकालीलाई मैले माया गरेजस्तो
सुनाखरी फुलिदिन्छ मैले गीत भरेजस्तो

केके भनूँ, स्वप्न सारा ब्यूँझिएकी
के भनूँ, लाज सारा निहुरिएकी
के भनेको उही रहेछ, बिहान घाम लागेजस्तो
जीवनको कथा भनी मैले केही लेखेजस्तो

के सुनूँ, छन्द सारा अल्झिएकी
के लेखूँ, पन्ना सारा लेखिएकी
मोहडामा निखार छ रात सपना परेजस्तो
बसन्तको सिउँदोमा सिन्दुर छरेजस्तो