Last modified on 23 सितम्बर 2016, at 22:46

पहिलो भेट / रमेश क्षितिज

राप्तीको किनारामा सुनगाभाको फूल फूल्यो
तिमीसँग भेट के भो जिन्दगीको अर्थ खुल्यो

थोरै सुनेँ धेरै बुझेँ तिम्रा मीठा कुराहरु
सड्डीतको प्यास जाग्यो बजाइदेऊ न चुराहरू
कालो कपाल फिँजारिदा बटुवाले बाटो भुल्यो
तिमीसँग भेट के भो जिन्दगीको अर्थ खुल्यो

यस्तो साथ भेटियो कि दुःखहरू सुख बन्छन्
सायद यस्तै भेटलाई मान्छेहरू माया भन्छन्
पर्खाल नाघी आज यो मन सपनाको देश डुल्यो
तिमीसँग भेट के भो जिन्दगीको अर्थ खुल्यो