Last modified on 5 जुलाई 2020, at 11:11

पानी र जीवन / प्रतिसरा सायमी

पानी र राजनीतिको जुहारी
जनजीवनमा ल्याएको भुइ“चालो
घरबारका टा“काहरु उधिएका कथा
निश्वास र चित्कारले धा“जा फाटेका खवरहरु
तिनीहरुका छिटाले पोलेका घाउहरु
पानी त जीवनको अर्को पाटो
किन निल्न तम्सिन्छ जीवन ?
पानीमुनिको संसारमा होस् वा
मानिस भनाउ“दाको कङ्क्रिट जङ्गलमा
ठूलाले सानालाई निल्दै गरेकै छ।
वातानुकूलित मेशिन बिर्साउने
पन्नाजस्तै हरियो मेरो देश
त्यही“ पानी कम भो, खडेरी
बढी भो, बाढीपहिरो
हिसाबको कुन सूत्रमा कहा“ गल्ती भो कुन्नि
कहिले स्याउलाझैं उडाउन खोज्ने
कहिले बाढीपहिरोस“गै बगाउन खोज्ने
के बजारमा बेच्ने सामान हो मेरो देश ?

गणितका गलत सूत्र सच्याउने कहिले ?
कुर्नुको पराकाष्ठा कहिलेसम्म ?