Last modified on 21 जून 2017, at 17:27

पिउँदा पिउँदै जिन्दगी यो / यादव खरेल

पिउँदा पिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म
आज सारा व्यथाहरुलाई सिध्याउन चाहन्छु म

आफ्ना भन्ने सारालाई आज भुल्न चाहन्छु म
मनका सारा कुरा बोकी आज खुल्न चाहन्छु म

आफ्ना सारा इच्छालाई आज किच्न चाहन्छु म
रहर बोकी चल्ने मुटु आज थिच्न चाहन्छु म

शब्द - यादव खरेल
स्वर - नारायण गोपाल