भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पिखुवा / हेमन यात्री

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:43, 25 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= हेमन यात्री |अनुवादक= |संग्रह= }} {{KKCa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


हतुवागढी!
नपछ्याउनू मलाई निदहरूमा
मलाई भेटेको दिन
मैलेजस्तो एक्लै बग्नुपर्नेछ तिमीले।

तिम्रो आाखाजस्तै त हुा म
नहेर्नु किनारमा आएर
नखेल्नु बगरमा आएर
कुनै बेला उर्लन सक्छु म
कुनै बेला भत्किन सक्छु म
सिलिचुङ!
नखोज्नू मलाई निदहरूमा।

नहिाड्नू छेउ–छेउमा आएर
नजिस्कनू मझधारमा पुगेर
शिरमाथि बादल लाग्न सक्छ
भीरमाथि आकाशले आासु झार्न सक्छ
टेम्के!
नभेट्नु मलाई निदहरूमा
नखोज्नु मलाई सपनाहरूमा।

मलाई भेटेको दिन
मैलेजस्तो एक्लै रूनुपर्नेछ तिमीले।
====
हतुवागढी– किरातीहरूको ऐतिहासिक दरबार,जो भोजपुरको दक्षिणीमा भग्नावशेष अझै बााकी छ। सिलिचुङ– भोजपुरको उद्गम एक स्थान। टेम्के– भोजपुर र खोटङको सीमास्तम्भ, एक प्रसिद्ध पर्यटकीय क्षेत्र।