भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रतिबन्ध : आफ्नै आँखाहरुमाथि / हरिभक्त कटुवाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:34, 20 सितम्बर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


अनुराधा !
कतै फुल्नै नजानी अनकण्टार पनमा ‌ओइली झरेका
फूलहरु जस्तै तिमी
मेरा सपनाहरु पति त्यस्तै
यहाँ सपना नदेख्नु रै'छ अनु !

कुनै दिन समुद्रका छालहरुसित खेल्न रमाउने मान्छे म
अचेल भागिहिँडछु प्रत्येक गहिराइदेखि टाढा
प्रत्येक अग्लाइदेखि टाढा
र सायद तिमीदेखि पनि टाढा !

यहाँ आनन्दका गीत कोही कसरी गाउन सकिरहेछन् कुन्नि
जहाँ एक मुट्ठी उज्यालोका लागि लाम लाग्नु पर्छ
मन्दिरका ढोकाहरुमा सधैँ
तर निराश फर्किनु पर्छ प्रत्येक साँझ
लाग्छ बेस्सरी थुकिदिऊँ ती सपनाहरुतिर फर्केर
र हिँडिदिऊँ ती सपनाहरुतिर फर्केर
र हिँडिदिऊँ मुर्कट्टाका पाइला चालेर
फेरि एकपल्ट अँध्यारैतिर ।

अनु ! विश्वास नै हुन छाडिसक्यो आफ्नै आँखाहरुमा
यसैले प्रतिबन्ध लगाइरहेछु यी आँखाहरुमाथि
खबरदार, त्यहाँ अब सपनालाई ठाउँ छैन !
त्यसैले मकहाँ आउने ए सपनाहरु हो !
तिमी कतै अट्टालिकाहरुमा गएर बस
कतै लाटोकोसेराका आँखाहरुमा ।