भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

प्रतीक्षाका लागि एक कविता / प्रवीण राई 'जुमेली'

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:07, 9 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= प्रवीण राई 'जुमेली' |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

अगणित ‘फेरि’ हरूको शृङ्खला छ जीवनमा
जसरी :
फेरि बर्खालाग्छ
फेरि मकै पाक्छ/काटिन्छ
फेरि अदुवा रोपिन्छ/खनिन्छ
फेरि हिउँदसित धूलो र जाडो पनि आउँछ
फेरि रूखहरूबाट पातहरू खस्छन्
फेरि आँखाहरू बाटैभरि बिछिन्छन्

घरी–घरी किन त्यही ‘फेरि’ हरूमा जीवनको उष्मा खोजिन्छ
सायद वसन्तले ‘त्यो हिउँदमा आउँछु है’ भनेको थियो होला
फेरि अनेकौँ हिउँदहरू अतीत बने
समयको अहर्निश बाँसुरीले त्यसलाई पनि
गीत बनायो कि कसो
 
शिशिरमा नाङ्गिन्छन् रुखहरू त्यसरी नै
जसरी नाङ्गिन्थे हजारौँ वर्षअघि
वर्षाका लागि तर रूखहरूको प्रतीक्षा
अनुभूतिरहित छ आँखाहरूलाई

एउटा बस्ती बसेकै छ, नाङ्गिएका ती रूखहरूमा
पालुवा, फेरि पात, फेरि झ्याम्म परेको रूख
सायद खुसीहरूले सिँच्छन् कि कसो
मानिसको बोटलाई

इच्छाहरूको डायरी छ एउटा धेरै पुरानो
त्यसले सधैँ बगैँचाहरूको नाम लेख्छ
शून्यताका पृष्ठहरूमा ।
सायद अब बित्नपर्ने
शिशिरहरूको गन्ती बताएन कसैले
वसन्त आउने दिनाङ्क भनिदिएन कसैले
आँखाहरू ‘ह्रयापी प्रिन्स’ बनिसके
किनकि त्यसले गौँथली बनी आउने वाचा गरेको थियो
बाटोलाई होइन
आकाशलाई कुर्ने भएछन्, यसैर आँखाहरू

मनको कुना आफ्नै छ थाकेर पल्टिने
कुन्नि कसरी रँगिन्छ ‘सनफ्लावर’, तर रँगिन्छ
कुन्नि कसरी कथिन्छ ‘मुनलाइट सोनाटा’, तर कथिन्छ
फेरि शाहजहाँ दिनहरू बित्छन् त्यसै–यसै
अनिर्मित ताजमहलहरू हेर्दै झ्यालबाट

प्रतीक्षाको यो समयहीनतामा
म देख्छु तिरस्कृत मुमताजहरूको सेना
त्यसले पाउन नसकेको शृङ्गार खोज्दै
जीवन निदाउन नसकेको कारण सोध्दै।
शरणार्थीझैँ लुटिनुको साक्षी हुन् यी घाउहरू
लुटिएकै आफ्नो निद्रा कतै
फर्काइमाग्न पो आएका हुन्कि सन्नाटाहरू ??