भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रयोगशालाभित्रको क्षण / खुमनारायण पौडेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:34, 9 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=खुमनारायण पौडेल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

कुनै समय
पुरानो पात झर्छ
पुरिन्छ जिन्दगीको कथा
माटोका/बालुवाका पत्रहरूमा
एउटा उद्घाटन हुन नसकेको रहस्य
हामीहरू खोज्छौँ
अलमलिन्छौँ प्रवेशनिषेध ढोकाभित्र
प्रयोगशालाको भित्ते घडी
हामीतर्फ हेरेर हल्लन्छ
अलार्मको तरङ्ग
मौनता चिर्दै
झ्यालबाहिर निस्कन्छ
हातहरू काँप्छन्
अलिकति अम्ल पोखिन्छ टेबुलमा
यस समय हुन सक्छन्
दृष्टिहरू

— थिएटरको स्टेजमा
मनहरू
— पार्कको एकान्तमा
भावनाहरू
— सङ्गीतका आरोह–अवरोहहरूमा
पेसाहरू
— डेबिट–क्रेडिटका पानाहरूमा
हामीहरू भने
चिच्याउन सक्दैनौँ
निर्बन्ध हिँड्न सक्दैनौँ
पृथक् बन्छ हाम्रो परिवेश
झ्यालबाट छिर्न नसकी
चिसो बतास
बाहिरबाट फर्किन्छ
लहरे पीपलका लामा–लामा हाँगाहरू
गोधूलिमा समवेत उदासी स्वर सुसेल्छन्
त्यो उदासीबीच
समाधान हुन नसकी
फोसिल, आफ्नो गाथा
व्यङ्ग्य गरिरहन्छ
त्यो व्यङ्ग्य हामी
चुपचाप सहिरहन्छौँ।