Last modified on 21 अगस्त 2020, at 21:45

प्रलय / नाजी करिम / सुमन पोखरेल

हिमाल खसेर
वा पृथ्वी टुक्राटुक्रा भएर
वा सबै प्राणीहरू
तिनका सृष्टीकर्ता सामू
लाम लागेपछि आउने हैन प्रलय।

आफ्नो गन्तब्य हराएर
कता जाने भन्नेसमेत थाह नपाउने गरी
जब तिमी एक्लै छोडिनेछौ
र पराइ हुन्छन् तिम्रा आफ्नाहरू
त्यसबेला हुनेछ प्रलय।