भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रस्थान / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

स्नेहका केही कथा
चिनोहरू, धमिलाधमिला तस्बिरहरू
छोडी जान्छु यहीँ म
मलाई छँदैछन् यी पीरहरू !

तिमीहरू साक्षी छौ ए ! धूपीका बोटहरू
कतिपल्ट म रुझेँ कति भेटेँ ओतहरू
सम्झाइदिनू कसैलाई मेरो गहिरो विश्वास !
उदास–उदास छ मौसम टोलाइरहेछ आकास !

रमाइला दिनहरू या अनिँदा रातहरू
जो याद छन् तिनै अब – एकान्तका साथहरू
सुन्नु यी गीतका पङ्क्तिमा–मेरो स्वर उदास
उदास–उदास छ मौसम टोलाइरहेछ–आकास !