Last modified on 18 अगस्त 2017, at 22:45

प्राभातिक प्रवोध / चक्रपाणि चालिसे


विचित्र चातुर्य चरित्रमा भरी अमन्द आनन्द दिलाउने गरी ।
उठे शकुन्तादिक, मञ्जुलध्वनि सुनिन्छ, जागा अब होउ सुस्तनि ।।१।।

प्रभातकालीन हवा मनोरम चली रहेको छ हुरी रतिश्रम ।
सुनिन्छ उच्चैस्तर कुक्कुटध्वनि प्रवुद्ध होऊ अब हे नितम्बिनि ।।२।।

वियोगिनीको चिरि छाति चर्चरी प्रमत्त भै बोल्दछ धोबिनी चरी ।
नैःशनै निष्प्रभ तारकागण छिपे, पियारी ! अब खोल लोचन ।।३।।

शिनशीथिनीकासँगको विवयोगले गलेर सारै गरि, मन्दवेगले ।
झुके प्रतीचीतिर हेर चन्द्रमा तिमी छँदैछौ अझ गाढ नींदमा ।।४।।

हटाइ पर्दा तमको महाधन प्रकाशको हास्य निकालि शोभन ।
गुलाबि चालासँग दिग्वधूजन पियारि ! गिल्ला तिमिलाई गर्छन ।।५।।

सुती रहन्छे कति बेर यो भनी लगाइ रातो मुख पूर्वदिक पनी ।
निकालँदै दुःसह सौतिनेपन दिंदीछ धम्की, गर तल्पमोचन ।।६।।

झुलाइ चारैतिर पटपदावलि अली अली मन्द समीरले चली ।
खिली रहेकोछ सरोजको वन पियारि ! तिम्रा मुखको सँगी हुन ।।७।।

वियोगको उत्कट यातनाकन सहेर पाषाणसरी गरी मन ।
प्रकाशको रङ्ग बुझेर सम्प्रति छ त्यो हेर सथाङ्गदम्पती ।।८।।

परस्परालाप१प्रसङ्गले गरी खुलाउँदै नैशिकवृत्त बेसरी ।
जलार्थिनी नागरकामिनीजन चलीसके सुन्दरि ! खोल लोचन ।।९।।

बुझेर मित्रोदय नामकीर्तन गरी गरीकर्मठवृन्द शोभन ।
उठाइ संकल्प मिलेर विल्कुल भईरहेका छन जीवनाकुल ।।१०।।

पियारि लज्जा तिमिलाई छैन के ? जहान सारा घरका उठीसके ।
हटाउ चाँडै अव नीदको गति समाल पोशाक भई सक्यो अति ।।११।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)