Last modified on 31 मई 2017, at 12:17

प्रेम चर्चा गरौं / कञ्चन पुडासैनी

प्रेम चर्चा गरौं, प्रेम चिन्तन गरौं
प्रेम आर्जन गरौं, प्रेम सिर्जन गरौं

हेर संसारमा, भोक-तिर्खा कहीं
रोग-पीडा कहीं, पीर-मर्का कहीं
आज सेवा गरी प्रेम अर्पण गरौं
प्रेम आर्जन गरौं, प्रेम सिर्जन गरौं

मित्रको प्रेमले चित्तमा चाँदनी
देशको प्रेमले देश होला धनी
प्रेम फेरि गरौं, प्रेम झन्झन् गरौं
प्रेम आर्जन गरौं, प्रेम सिर्जन गरौं