Last modified on 25 सितम्बर 2016, at 21:19

प्रेम / रमेश क्षितिज

जुन बाटो हिँडे पनि पुग्दोरैछु तिमी छेउ
भोलि कहाँ हुन्छु होला आज यतै बास देऊ

कहाँ पुग्छ गोरेटो र मूलबाटोको नाता तोडी
कहाँ बग्न सक्छ नदी सागरको माया छोडी
जहाँ पुग्न खोजे पनि पुग्दोरै’छु तिमी छेउ
अलिकति भर देऊ जिन्दगीलाई आश देऊ

घुमेसरी पुतलीले साँझपख बल्ने दीयो
त्यतैतिर तानिएछु जता तिम्रो पाइला थियो
कति सानो संसार मेरो अल्मलिन्छु तिमी छेउ
सधैँ तिम्रो साथ खोज्ने जिन्दगीलाई हात देऊ