भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फुलाई फूल / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

फुलाई फूल फुल न धर्ती आकाशले ल्याउला
मोहनी लाउला हिमालीले पन्छीले गीत गाउला

सपनीमा लाएको प्रीत विपनीमा आउला
छरिएको बादलले पानी बोकी ल्याउला
जाई-जुही गुराँसले नयाँ गीत गाउला
पिरतीले रोजेको त्यो नयाँ नयाँ पाउला

तोरी फुल्ने पखेरू यो कुहिरोको देश
सधैँ हरियो खुशीहरूले सिँगारेको देश
घाँसी गीत बादलमा दु;ख लुकाई हाँस्ला
हाँसिरहने मोहोडाले रातो रङ्ग पाउला