Last modified on 12 मई 2017, at 11:50

फूलले जन्मदिन मनाउँदैन / रमेश सायन

ओठका ईन्द्रेणी रेसाहरु
घामले पोतेको घरको संघार,
शितका थोपाहरुमा टल्केको फूलको प्रतिबिम्ब
वसन्तको मुनाहरुमा खसेको यौवन,
सबै थोक बिर्सेर गयो
मेरो जन्मदिन ।
तर,
पोहोर साल भन्दा,
अज उत्ताउलिएर फुलेको छ,
घर छेउको बूढो शिरिसको बोट,
गमलामा फुलेको गुलाबको फूल,
किन, म भन्दा बुढो हुँदैनन् फूलहरु ?
के फुलहरुले ऐना हेर्दैनन् ?
कि फूलहरुले जन्मदिन मनाउँदैनन् ?