भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फूलै फूल मात्र पनि हैन रैछ जीवन / भीम विराग

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 02:07, 26 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= भीम विराग |अनुवादक= |संग्रह= }} {{KKCatNep...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

फूलै फूल मात्र पनि हैन रैछ जीवन
काँढाबीच फुल्ने फूल रैछ जीवन

मरिदिन मानिसले विष पिउने गर्छन्
कोही बाँचिदिन विष पिउने गर्छन्
विषै विष मात्र पनि हैन रैछ जीवन
काँढाबीच फुल्ने फूल रैछ जीवन

अरूलाई कुल्चेर अघि बढ्छ मानिस
देउता बन्ने रहरमा ढुंगा बन्छ मानिस
रहर गर्नु मात्र पनि हैन रैछ जीवन
काँडाबिच फुल्ने फूल रैछ जीवन