भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फेरि उही नाउँ / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यो रङ्गीन बादल ! गोधूलि बेला सुनसान ठाउँ
बिर्सिदिन्छु भन्दै थिएँ सम्झेछु फेरि उही नाउँ

बताससँगै जिस्किरहेका ती पात हेरी
याद आयो कोमल–कोमल त्यो हात फेरि
सम्झना त बाँकी छ निठुरी पुग्यो कुन ठाउँ
बिर्सिदिन्छु भन्दै थिएँ सम्झेछु फेरि उही नाउँ !

गोठ फिर्दै वस्तुभाउ गुँड का पंक्षी
हेर्दाहेर्दै मनमा चल्यो विरहको कैँची
जता हेर्छु नीलकाडाँ फालहालेर कहाँ जाऊँ
बिर्सिदिन्छु भन्दै थिएँ सम्झेछु फेरि उही नाउँ !