Last modified on 23 जुलाई 2017, at 10:54

फेरि तिम्रो याद आयो / दिनेश अधिकारी


फेरि तिम्रो याद आयो
य दिनेश अधिकारी

फेरि तिम्रो याद आयो
बिर्सिएका सारा कुरा
सम्झनाको माझ आयो

फुल्न थाले मनमा फेरि जाई, जुही, बुकीहरू
खुल्न थाले आँखाभरि मीठामीठा खुसीहरू
सासभरि चाहनाको
फेरि मीठो सुवास छायो
फेरि तिम्रो याद आयो...

रङ छर्दै बाटोभरि हिँडूजस्तो लाग्यो फेरि
तिम्रै दिलका भाकाहरू सुसाउँदै ओठभरि
सम्झनामा सङ्लिएर
फेरि त्यही साँझ आयो
फेरि तिम्रो याद आयो...