भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बसन्त / विक्रम सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


खैँचेर ताँदो हिमालले
शिशिरका सिरेटा फटाफट प्रहार गर्योु
वृन्दावनका पहेँला पातहरु पटापट ढले..
बोट विरुवाहरु बेवस्त्र नाङ्गा भए
घात प्रतिघातपछि हारेका रुखका हाँगा-हाँगा…
र उमेर पुगेका यौवना विरुवाहरुलाई देखेर
पर्यावरणलाई पनि लाज लागेछ क्यारे…
मौसमको अदृश्य हातले
फागुनी पहिरन पहिर्यालएर
फूलका सिऊरहरू शिरमाथि उमारिदियो…

रानीवनका हाँगाहाँगामा उभिएर बसन्तले
बैंशालु हात गाउँतिर हल्लाईरहेछ
तर म हैरान छु
जंगलको दशगजा नाँघेर
नजिकैको गाउँ-घर र जिन्दगीतिर फैलिनबाट
कुन वनदेउताले छेक्छ बसन्तलाई ?