Last modified on 12 जनवरी 2015, at 16:35

बादल फाट्यो, चन्द्रमा हाँसी / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा

बादल फाट्यो, चन्द्रमा हाँसी स्वर्गमा सुहाए,
साथमा तारा भएका शशी झयालमा चिहाए।
बादल मिल्यो, सधैँका निम्ति मदन निदाए,
भोलि ता फेरि छर्लङ्ग भयो श्रीसूर्य उदाए।