भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बाल्यावस्था – मेरो स्मृतिमा / बद्रीप्रसाद बढू

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:49, 18 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= बद्रीप्रसाद बढू |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

लिएर हातमा लट्ठी खाटमा बस्दथे गुरु !
भुइँमा घोप्टिई मैले घोक्नु पर्थ्यो कथाहरू
बुझ्नमा जरुरी छैन कण्ठ पारेर पुग्दथ्यो
संस्कृत् होस् अथवा आफ्नै मातृ भाषा भए भयो //१//

धुलौटो काठको माथि माटो राखी धुलीकण
लेखिन्थे श्लोकका ताँती घोक्दथें नबुझीकन
हितोपदेश हो कि त्यो अथवा कौमुदी थियो !
बुझ्नै पाइन मैले त्यो पश्चाताप भई रह्यो !//२//

कट्टु कमिजको जोर एक हुन्थ्यो दशैँ अघि
त्यो मेरो माघको जाडो बोकाले पो चपाउँथ्यो
दशैंमा मिल्दथे जुत्ता, खाली गोडा तिहारमा
बाङ्गिन्थे कटुसे काँडा, पाउमा जब पर्दथे ////३//

डन्डी-बियो र गिर्राको पारखी म थिएँ अति
हिउँदे यामका खेल, रमाइला कति कति !
थाहा नै नहुने कैल्यै पसिनाले भिजाउँदा
सुक्दथे पसिना डॉडा पार सूर्य हराउँदा ////४//

चिलाई जिउ नै मेरो कन्याउँदा कन्याउँदा
दुख्दथे हातका नङ्ग्रा, निद्राबाट म ब्युँझदा
उही लुगा र जाँगेमा सुत्दथें दिन-रात म
प्रतिक्षा नव-दुर्गाको गरी गरी सँघारमा ////५//

लुकाई गुन्द्रीको भित्र गुज्जा गिर्रा विषेशत:
रातमा सुत्दथें एक्लै निद्राकी देवकी सित/
उज्यालो नहुँदै फेरि दिन चर्या उही थियो
सम्झँदा नै कथा लाग्ने बाल्य-काल त्यही थियो //६//